बेरोजगार युवा तथा युवतीहरुलाई बिदेशमा रामा्रे जागीर लगाईदिने भन्दै रकम ठगेर फरार रहेका दुईजना ठगलाई अपराध अनुसन्धान शाखा कार्यालय टेकु काठमाण्डौका प्रहरीले पक्राउ गरेको छ ा पक्राउ पर्नेमा झापा दमक नगरपालिका वडा नम्बर ३ घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय प्रवेश पोख्रेल र काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ बस्ने हाल काग्रेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ बस्ने ४५ वर्षीय ईश्वर राना रहेका छन् ा पक्राउ परेका पोख्रेलले अल्बनिया पठाईदिने भन्दै नेपाली रुपैया आठ लाख, सतरी हजार र ईश्वर रानाले को्रएसिया पठाईदिने भन्दै एघार लाख रुपैया सर्वसाधारण नागरिकको रकम लिई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान शाखाका वरिष्ठ प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो थप कारवाहीको लागी वैदेशिक रोजगार बिभाग ताहाचलमा पठाइएको बताउनु भयो ा