बारा प्रहरीले भन्सार छली गरी ल्याएको चकलेट सहित ना २ च १३०४ नम्बरको पिकअपलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी उपरिक्षक नरेन्द्र कुवंरले जानकारी दिनुभयो ा ना २ च १३०४ नम्बरको पिकअपमा अबैध तरिकाले भन्सार छली गरी चकलेट लोड गरेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर १ बालमन्दिर स्थित रहेको बीरगंजबाट कलैया तर्फ आउंदै गरेको पिकअपलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलबिजक भन्दा बढीको ६३ कार्टुन र १५ बोरा चकलेट फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक कुवंरले बताउनु भयो ा प्रहरीले पिकअपका चालक बीरगंज महानगरपालिका वडा नम्बर ३१ ब्स्ने २८ वर्षीय ऋषी पटेललाई समेत नियन्त्रणमा लिइएको हो ा एक लाख पच्चास हजार मुल्य बराबरको चकलेट बारा प्रहरीले बरामद गरेको छ ा