भिएस पावरप्ले टि २० चैलेन्ज अन्तर्गत सञ्चालन भइरहेको बीरगंज स्कुल कप को पाँचौँ दिन शुक्रबार सेमिफाइनलमा खेलमा बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूल र ग्रीन ल्यान्ड सेकेन्डरी स्कूल फाइनलमा प्रवेश गरेको छ ा
टस जितेर पहिले ब्याटिङ गरेको बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूलले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२४ रनको स्कोर बनायो।जवाफमा मैदान उत्रिएको विद्या साधन सेकेन्डरी स्कूल १४।३ ओभरमै ४९ रनमा समेटियो।यससँगै बाल एकताले ७५ रनको फराकिलो अन्तरले जीत दर्ता गर्दै उपाधि प्रतिस्पर्धाको यात्रा तय गर्यो।म्यान अफ द म्याचस् मनिभुषण यादव ३१ रन लिएका थिए।
साउथ जोन सेकेन्डरी स्कूलले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १०९ रन बनायो।
तर लक्ष्य पछ्याउन उत्रिएको ग्रीन ल्यान्ड सेकेन्डरी स्कूलले १९ ओभरमै ७ विकेटको क्षतिमा ११० रन बनाउँदै ३ विकेटको जित हात पार्यो।म्यान अफ द म्याचस् सोहेब शेख ३१ रन, ३ विकेट लिएका थिए। बुधवार फाईनलमा बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूल र ग्रीन ल्यान्ड सेकेन्डरी स्कूल भिडदैछन् ा