पर्साको दुईस्थानबाट प्रहरीले अबैध लागु औषध सहित तीनजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा राजु कार्कीले बताउनु भएको छ ा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको पटेर्वासुगौली गाउँपालिका नजिकै बीएबी ९३९८ नम्बरको स्विपट कार नियन्त्रणमा लिई चेकजाँच गर्दा कार भित्र लुकाई छिपाई राखेको अवस्थामा नेपालमा प्रतिबन्धित रहेको १०४ किलोभन्दा बढी गाँजा बरामद भएको प्रहरी नायब उपरिक्षक कार्कीले भन्नु भयो, लागु औषध गाँजा मकवानपुरबाट लोड गरि पर्सा जिल्ला तर्फ आउंदै गरेको सुचना पाएलग्तै प्रहरीले पटेर्वासुगौलीको एरियाबाट उतm कार नियन्त्रणमा लिन सफल भएको हो ा पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर ८ बस्ने २२ वर्षीय स्याडतान र मकवानगञ्ज नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय कुमार स्याड्तान रहेका छन् ा यसैगरी बीरगंज महानगरपालिका प्रतिमा चौक नजिकै पैदल हिडीरहेका बटुवालाई शंकाको आधारमा प्रहरीले खानतलाशी गर्दा कालो प्लाष्टिकको झोलाभित्र टेपले बेरिएको अवस्थामा १० किलो चरेस बरामद भएको पर्साका प्रहरी नायब उपरिक्षक राजु कार्कीले बताउनु भएको छ ा पक्राउ पर्नेमा पर्सा जिल्लाको धोबनी गाउँपालिका बस्ने सम्सुल मियाँ रहेका छन् ा अबैध लागु औषध सहित पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा अनुसन्धान भईरहेको छ ा त्यसैगरी बारा र पर्सा जिल्लालाई लागु औषधका तस्कर समुहहरुले टा्रजिन्ट प्वाइन्ट बनाएका छन् ा लागु औषधका मुख्य कारोवारीहरुले भरियाको मार्फतबाट पर्सा र बाराको बिभिन्न नाकाबाट स्थलमार्ग प्रयोग गरी गाँजा तथा चरेसको कारोवार फस्टाएका छन् ा मकवानपुर र धादिंड जिल्लाका लागु औषधका गाँजा र चरेसका कारोवारीहरुले कार , मालवाहक ट्रकको माध्यमबाट सहज तरिकाले लागु औषधको ओसार पोसार गर्दै आईरहेका छन् ा