रौतहट र मलगंवाबाट ब्यापक तस्करी मौलाएको छ ा रौतहट तथा बीरगंजका कुख्यात तस्करहरु संयुतm रुपमा मिलेर मलगंवाको सोनवर्षाबाट ब्यापक तस्करी संचालन आएको हो ा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संरक्षणमा भारतीय कपडा, कुर्ता , सुरुवाल लगायत खाघान्न सामाग्रीको खुलेआम तस्करी भईरहेको एक स्थानिय ब्यापारीको भनाई रहेको छ ा रातीको बखतमा मंलगवाको सोनवर्षा नजिकै रहेको राईस मिलमा भन्सार छली गरी ल्याएको कपडा , कुर्ता सुरुवाल लगायतको सामानहरु भित्राउने गरेका छन् ा अबैध तरिकाले नेपाल भित्राएको कुर्ता सुरुवाल, कपडा राईस मिल भित्र रोकिरहेको मालवाहक ट्रकको भित्र लुकाई छिपाई राखेर माथीबाट राईस मिलका सञ्चालकले चामलको बोरा राखेर काठमाण्डौ तर्फ सहज तरिकाले पठाउने गरेको ती ब्यापारीको दाबी रहेको छ ा खुल्ला सिमानाकाको फाईदा उठाउंदै तस्करहरुले रातीको बखतमा सात वटा मोटरसाईकलमा कपडा लोड गरी सोनवर्षा नजिकै रहेको राईस मिलमा भण्डारण गर्दै आईरहेका छन् ा उतm तस्करी कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको धुमुवाहरुको आर्शिवादले तस्करी संचालनमा आएको ती ब्यापारीले भने, बीरगंज र रौतहट जिल्लाका कुख्यात तस्करहरु मिलेर तस्करी धन्दा फस्टाएको हो ा तस्करहरु सँग साठगाँठ गरेका प्रहरीले बीरगंजबाट नै रकम बुझेर मंलगवा जाने गरेको भरपर्दाे्र श्रोतको दाबी रहेको छ ा राज्यले तस्करी नियन्त्रण गर्नका लागी सिमानाकामा सशस्त्र प्रहरीलाई खटाएपनि मधेश प्रदेशको हरेक जिल्लाहरुबाट तस्करी भईरहेको छ ा