पाँचौँ संस्करणको नेशनल इन्फोटेक अन्तरकलेज ट्वान्टी–ट्वान्टी क्रिकेट कप ९एनआइ कप० अन्तर्गत ज्ञानदा एकेडेमीले जीत हासिल गरेको छ ा
वीरगञ्जस्थित टिबी शाह ९नारायणी० क्रिकेट मैदानमा सम्पन्न खेलमा ज्ञानदा एकेडेमीले कलैयास्थित बालएकता कलेजलाई ७८ रनको फराकिलो अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ा
टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानदा एकेडेमीले निर्धारित १७ ओभरमा ४ विकेटको क्षतिमा १७२ रनको बनाएको थियो ा
१७३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बालएकता कलेज १६।५ ओभरमा मात्र ९४ रन बनाउँदै अलआउट भएको हो ा नेशनल इन्फोटेक कलेजद्वारा विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगितामा पर्सा, बारा र मकवानपुरका १० कलेजका टोली सहभागी छन्। प्रतियोगिताले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक क्रिकेटको अवसर दिँदै क्षेत्रीय खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजकको भनाइ छ।