आफुलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको छ ा पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर १५ थसिखेल घरभई हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर २२ क्षोछे बस्ने २३ वर्षीय समन श्रेष्ठलाई पक्राउ गरिएको अपराध अनुसन्धान शाखा टेकुका प्रहरी उपरिक्षक एवम् प्रवतmा काजी कुमार आर्चायले जानकारी दिनुभयो ा लोकसेवा आयोगको परिक्षा दिई सरकारी कार्यालयको शाखा अधिकृत पदमा रहेको भन्दै श्रेष्ठले सरकारी जागीर लगाईदिने भन्दै सर्वसाधारण नागरिक सँग रकम लिएको सुचना पाएपछि उनलाई प्रहरीले टेकुबाट नै पक्राउ गरिएको हो ा पक्राउ परेका समन श्रेष्ठ सरकारी पोशाक तथा परिचय पत्र झुण्डाएको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक आर्चायले बताउनु भयो ा प्रहरीले समन श्रेष्ठको साथबाट बागमती प्रदेश लोक सेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति गरेको नियुक्ति पत्र ,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अधिकृत पदमा नियुक्ति पत्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको परिचय पत्र र अर्थ मन्त्रालयबाट तलब भुक्तानी सम्बन्धीको पत्र लगायत सरकारी छाप बरामद गरिएको छ ा थप अनुसन्धानको लागी अपराध अनुसन्धान शाखा टेकुका प्रहरीले जिल्ला प्रहरी कार्यालय भद्रकाली परिसर काठमाण्डौमा पठाइएको प्रहरी उपरिक्षक काजी कुमार आचार्यले बताउनु भयो ा