बीरगंजको आर्दशनगरमा सशस्त्र प्रहरी माथी दुब्र्यवहार गरिएको दृश्य बिभिन्न सामाजिक सञ्जालमा ब्यापक भाइरल बनेको छ ा वर्दी लगाएका सशस्त्र प्रहरीलाई केही ब्यतिmहरुले हातमा बासको फटा लिएर कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा फेसबुक तथा केही अनलाईनमा अपलोड गरिएको छ ा उतm भिडीओको आलोचना समेत भईरहेको छ भने केही ब्यतिmहरुले सशस्त्र प्रहरी माथी भएको दुब्र्यवहारको समर्थन जनाएका छन् ा
घटना के भएको हो त ?
राजस्व नियन्त्रण गर्नका लागी जिम्मा लिइएका बीरगंज भन्सारमा खटिएका सशस्त्र प्रहरी बल गुल्मका प्रहरी नायब उपरिक्षक बिकाश अधिकारीको मोवाईलमा रिंग बज्छ, सशस्त्र प्रहरी नायब उपरिक्षक बिकाश अधिकारीले फोन रिसिभ गर्न बितीकै सर भनेर सम्बोधन गर्दै सुराकी बोलेको भन्दै तपाईलाई एउटा सुचना दिन्छु , अबैध तरिकाले भन्सार छली गरी ल्याएको भारतीय कपडा थुप्रै मात्रामा भण्डारण गरेर राखेको भन्दै सुराकीले सुचना दिन्छ ा उतm सुचना पाउन बितीकै बीरगंज भन्सारमा खटिएका सशस्त्र प्रहरी बीरगंजको आर्दशनगर स्थित रहेको एक गोदाममा भण्डारण गरेको भारतीय कपडा नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरी माथी दुब्र्यवहार गरिएको एक प्रत्यक्षदर्शीले भने, भन्सार छली गरी ल्याएको पाँच पोका कपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा एक्कासी प्रहरी माथी एक दर्जन भन्दा बढीमा आएका ब्यतिmहरुले हातमा बांसको लिएर कुटपिट गरेका हुन् ा अबैध तरिकाले ल्याएको भारतीय कपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरी माथीको दुब्र्यवहार षड्यन्त्रको गन्ध आएको बीरगंज मुर्ली बस्ने श्यामको भनाई रहेको छ ा भन्सार छली गरी ल्याएको तस्करीको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा बिलबिजक पेश गर्नुपर्ने हो प्रहरी माथी नै लाठीफटा प्रहार गर्नु बीरगंजमा तस्करराजको स्थापना भएको केही ब्यतिmहरुले सन्देश दिन खोजेको स्पष्ट देखिएको छ ा
भण्डारण गरेका कपडा ब्यवसायी के भन्छन् त ?
बीरगंज भन्सारबाट खटिएका सशस्त्र प्रहरीलाई कपडाको बिलबिजक हेराउंदा पनि जबरजस्ती गरेर पाँच पोका कपडा नियन्त्रणमा लिएपछि स्थानिय वासिन्दाहरुले बिरोध गरेको नाम नछाप्ने शर्तमा ब्यापारीले भने , हामी ब्यापारी हौं मेरो गोदाममा भण्डारण गरिएको सम्पुर्ण सामानहरु तस्करीको हो भन्न पाईदैन् ा राज्यलाई कर तरिका छौ बिल बिजक हुदाँ पनि वर्दीको रवाफ लगाउँदै बलपुर्वक सामान नियन्त्रणमा लिएपछि स्थानिय वासिन्दाहरु प्रहरीको बिरोध गरेको ती ब्यापारीको दाबी रहेको छ ा