यही फाल्गुण २१ गते सम्पन्न हुन लागेको प्रतिनिधी सभाको निर्वाचनमा पर्सा जिल्ला क्षेत्र नम्बर १ मा कडा प्रतिस्पर्था हुनेछ ा नेपाली कांग्रेश, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ ा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट प्रदिप यादव, नेपाली कांग्रेशका अनिल रुगंटा तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका हरि पन्तबीच रोमाञ्चक त्रिपक्षीय प्रतिस्पर्था हुनेछ ा नेकपा एमालेबाट क्षेत्र १ बाट उम्मेदवारी दिएका प्रदिप यादवले प्रतिनिधी सभाको निर्वाचनमा बिजयी हासिल गर्नका लागी आफनो क्षेत्रमा दिनरात चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा ब्यस्त छन् भने बिभिन्न पार्टी परित्याग गरेका युवाहरु नेकपा एमाले पार्टी प्रवेश गरिरहेका छन ा त्यसैगरी नेपाली कांग्रेश पार्टीबाट उम्मेदवारी दिएका अनिल रुगंटाले पनि क्षेत्र नम्बर १ मा चुनाव प्रचार प्रसार गरिरहेका छन् उनले पनि नेपाली कांग्रेशमा नवअगन्तु युवाहरुलाई कांग्रेशमा पार्टी प्रवेश गराईरहेका छन् ा कांग्रेशका नेता तथा कार्यकर्ताहरुले अनिल रुगंटालाई यही फाल्गुण २१ गते सम्पन्न हुन लागेको प्रतिनिधी सभाको निर्वाचनमा साथ र सहयोग गरिरहेका छन् भने नेकपा एमाले पार्टी परित्याग गरि नेपाली कांग्रेशमा प्रवेश गरेको बसरुद्दीन अंसारीले रुगंटालाई साथ र सहयोग गर्दै चुनाव प्रचार प्रसार तथा घर दैलो कार्यक्रममा लागी परेका छन् ा नेकपा एमालेबाट उम्मेदवारी दिएका प्रदिप यादवलाई एमालेका नेता तथा कार्यकर्ताको साथ र सहयोग रहेको छ ा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि पन्तलाई पनि फाल्गुण २१ गते सम्पन्न हुन लागेको प्रतिनिधी सभाको निर्वाचनमा उनका समर्थक तथा सहयोगीहरुको साथ र सहयोग रहेको देखिएकाृ छ ा क्षेत्र नम्बर १ मा निर्वाचन आयोगले दिएको तथ्यांग अनुसार कुल मतदाता ८९, ६०८ रहेको छ भने पुरुष ५०,३९० महिला ३९,२१६ अन्य २ रहेका छन् ा हाम्रो टिमले क्षेत्र नम्बर १ मा पाँच दिन लगाएर गाउँ तथा शहरको अनुगमन तथा अवलोकन गर्दा मतदाताहरुले फरक फरक बिचार ब्यतm गरेका छन् ा पर्सा क्षेत्र नम्बर १ को नगवा , परवानीपुर , ईनर्वा लगायत वडाहरुमा मतदाताहर सँग कुराकानी गर्दा बिगत एक वर्ष अगाडी बीरगंजमा पानीको हाहाकार हुदां गाउँ र वडाहरुमा खानेपानीको ब्यवस्थापन गरिदिएका बिकासप्रेमी नेतालाई मतदान दिने परवानीपुर बस्ने ६५ वर्षीय रुबिना र नगवा बस्ने गणेश साहले बताउनु भयो ा बीरगंजलाई समस्या परेको बखतमा अधिकांश नेताहरु बोल्न खोज्दैनन् बीरगंजवासीहरु समस्या परेको बखतमा यहाँका जनताहरुको समस्याबारेमा बोल्ने नेतालाई मतदान दिने क्षेत्र नम्बर १ का अधिकांश मतदाताहरुले बताएका छन् ा