राज्यले यही फाल्गुण २१ गते प्रतिनिधी सभाको निर्वाचन गराउनका लागी केन्द्रित रहेपनि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मिलोमतोमा बारा जिल्लाबाट तस्करी संञ्चालनमा आएको छ ा बारा जिल्लाका स्थानिय प्रशासनलाई चुनाव भन्दा बढी तस्करीको लाईन सञ्चालन गराउनका केन्द्रित रहेको स्पष्ट देखिएको छ ा बारा जिल्लाको छतवा, मुसहरर्वा , मटिअर्वा , लगायत स्थानहरुबाट खुलेआम तस्करी मौलाएको छ ा रातीको बखतमा बाराको छतवाबाट पाँचवटा नम्बर प्लेट नभएका मोटरसाईलमा कपडाको तस्करी भईरहेको स्थानिय वासिन्दाहरुको भनाई रहेको छ ा रातीको १ बजे देखी ३ बजे सम्म डिउटीमा खटिएका नेपाल तथा सशस्त्र प्रहरीको संरक्षणमा भारतबाट भन्सार छली गरी ल्याएको कपडा , कुर्ता सुरुवाल, साडी लगायतका सामग्रीहरुको खुलेआम तस्करी भईरहेको गाउँलेहरुको दाबी रहेको छ ा बीरगंजका केही नामुद तस्करहरुले छतवा, मटिअर्वा नाकाबाट तस्करी धन्दा सञ्चालनमा ल्याएका छन् ा मुसहर्वानाकाबाट चिनी, केराउ, फलफुल लगायत साईकलमा लोड गरी दिउँसो नै तस्करी भईरहेको छ ा ा देशको तीन तहका सुरक्षा प्रमुखहरुले निर्वाचन शान्तिपुर्ण तरिकाले होस भन्दै केन्द्रबाट उच्च तहका प्रहरी अधिकृतहरु मधेश प्रदेशमा खटिएपनि तस्करी रुकेको छैन् ा