पर्साको १६५ मतदानस्थल मध्ये दुई मतदानस्थलको जिल्ला सुरक्षा समितीले अनुगमन तथा निरीक्षण गर्न काम बाँकी रहेको छ ा दुईमतदानस्थल बाहेको जिल्ला सुरक्षा समितीले अनुगमन र निरीक्षणको काम सम्पन्न गरेको छ ा प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्लाका चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालय पर्साले संयुक्त रूपमा मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्दै आएका छन्। प्रजिअ दाहालले निरीक्षणका क्रममा आवश्यक शान्ति तथा सुरक्षाको रणनीति तयार पारिएको बताउनु भयो ा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये ६२ मतदानस्थललाई अतिसंवेदनशील, ८५ लाई संवेदनशील र २० लाई कम संवेदनशील सूचीमा राखिएको प्रमु जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ा