अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा बन्धक बनाएका एक पुरुषलाई उद्दार गरेको छ ा काठमांडौ महानगरपालिका वडा नम्बर १२ स्थित रहेको शिव बहादुर धर्तीले सञ्चालन गरेको रोडलाईन प्यालेस होटलको कोठा नम्बर १०५ मा पुर्ण बहादुर बोहरालाई तीनचारजनाको समुहले बन्धक बनाई कुटपिट गरीरहेको अवस्थामा तीनजनालाई प्रहरीले पक्राउ गरेको अपराध महाशाखा टेकुका प्रवतmा प्रहरी उपरिक्षक रामेशवर कार्कीले बताउनु भयो ा प्रहरी उपरिक्षक कार्कीले बताए अनुसार हामीलाई सुचना पाएका थियौं रोडलाईन प्यालेस होटलमा एक पुरुषलाई बन्धक बनाएको सोही सुचनाको आधारमा प्रहरीले छापामारी गर्दा बन्धक बनाएको अवस्थामा तीनजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको बताउनु भयो ा पक्राउ पर्नैहरुमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय फपेन्द्र न्यौपाने हाल काठमांडौ कलंकी बस्दै आईरहेको र पेशाले स्वास्थ्य सहायक , कास्की माछापुच्छे गाउँपालिका वडा नम्बर ७ बस्ने रोड लाईन प्यालेशको संञ्चालक ४२ वर्षीय धर्ती मगर र जुम्ला तिला गाउँपालिका वडा नम्बर ८ बस्ने ३६ वर्षीय धनराज बस्नेत रहेका छन् उनीहरुको साथबाट मोबाईल ३ थान, चेक एक थान तथा रुद्धाक्षको माला १ थान बरामद गरिएको छ ा