नेपाल पत्रकार महासंघको आयोजनामा निर्वाचन र पत्रकार आचारसहिता बिषय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ा यही फाल्गुण २१ गते सम्पन्न हुन लागेको प्रतिनिधी सभाको निर्वाचनमा रिर्पाेटंगलाई दक्ष र जनमुखी बनाउने उदेश्यले एक दिने अभिमुखी कार्यक्रमको आयोजना नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनालले बताउनु भयो महासंघकी उपाध्यक्ष नितु पंडितले पत्रकारहरूले आचारसंहिताको पालना नगर्दा विभिन्न जटिलता उत्पन्न हुने गरेको उल्लेख गर्दै निर्वाचनका बेला विशेष जिम्मेवारीका साथ पत्रकारिता गर्न आग्रह गरिन्। प्रशिक्षणसमेत दिएकी पंडितले आचारसंहिताको पूर्ण पालना गर्दै समाचार सम्प्रेषण गरेमा धेरै समस्या समाधान हुने बताइन्।
अभिमुखीकरण कार्यक्रममा सहभागी पत्रकार दिपेन्द्र चौहान, केसी लामिछाने, श्याम बन्जार, अशोक तिवारीलगायतले निर्वाचनमा रिर्पाेटिंग गर्दा पत्रकारहरुले सावधानी अपनाउनु पर्ने बताएका छन् ा