पर्सा जिल्लाको क्षेत्र नम्बर २ को पर्सागढी नगरपालिका स्थित रहेको वडा नम्बर ७ टिकुलियामा नजिकै रहेको खेतमा काम गरीरहेका सोही स्थानका ४५ वर्षीय लालबाबु साह सँग यही फाल्गुण २१ गते सम्पन्न हुन लागेको प्रतिनिधी सभाको निर्वाचनमा कसको चर्चा छ सोध्दा उनले घण्टीको छापको चर्चा रहेको बताउनु भयो ा सोही स्थान नजिकै चिया पसलमा रहेका केही ब्यतिmहरु सँग निर्वाचनको सम्बन्धी कुराकानी गर्दा सुर्य छापको चर्चा रहेको बताउंदै क्षेत्र नम्बर २ का जनताहरु सँग निर्वाचन सम्बन्धी कुराकानी गर्दा मिश्रित जवाफहरु पाएका छौं ा हामो टिमले पाँच दिन देखी पर्सा जिल्लाको क्षेत्र नम्बर १ देखी ४ सम्म प्रतिनिधी सभाको निर्वाचन सम्बन्धी रिर्पाेटिंग गर्दा क्षेत्र नम्बर २ को चुनावको स्थलगत रिर्पाेटिंग गरेको आधारमा बिश्लेषण गरेका छौ ा यो हामा्रे टिमका सार्थीहरुले गरेको बिश्लेषण मतदाताहरु सँग कुराकानीको आधारमा हामीले प्रकाशित गरेका छौ ा पर्सा जिल्ला क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील साह कानु , नेकपा एमालेबाट रिमा यादव, नेपाली कांग्रेशका अजय चौरसिया, राप्रपा नेपालका बिना जैसवाल , नेकपाकाबाट उम्मेदवारी दिएका मनोज चौधरी जसपाबाट अशोक टेमानी उम्मेदवार दिएकाहरुको चर्चा रहेको छ ा क्षेत्र नम्बर २ मा हामीले बिश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी , नेकपा एमाले र नेपाली कांग्रेशको ब्यापक चर्चा हामीले पाएका छौ ा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील साह कानु र नेकपा एमाले रिमा यादव तथा नेपालीि कांग्रेशका अजय चौरसिया सँग भिडन्त हुने देखिएको छ ा क्षेत्र नम्बर २ मा यसपाली रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ ा अधिकांश मतदाताहरुले यसपालीको निर्वाचनमा नयां अनुहार भएका उम्मेदवारहरुलाई मतदान दिने बताएका छन् ा पुरानो अनुहार भएका नेताहरुले यस क्षेत्रलाई बिकास तर्फ कुनै ध्यान नदिएको भन्दै पुरानो नेताहरु माथी मतदाताहरुले आक्रोश पोखेका छन् ा क्षेत्र नम्बर २ मा पर्ने पोखरीया नगरपालिका वडा नम्बर २ मा बस्ने ५८ वर्षीय हरि तेलीले कांग्रेश र घण्टीको चर्चा रहेको बताउनु भयो ा सोही नगरपालिकाको वडा नम्बर ५ का वासिन्दाहरुले घण्टी तथा सुर्य छापको ब्यापक चर्चा रहेको छ ा क्षेत्र नम्बर २ मा स्थलगत रिर्पाेटिंग गर्दा यसपालीको प्रनिनिधी सभाको निर्वाचनमा रोमाञ्चक भिडन्त हुने देखिएको छ ा