पर्सा जिल्लामा निर्वाचनको आचार सहिंता ब्यापक उल्लेड्घन भईरहेको छ ा यही फाल्गुण २१ हुन लागेको प्रतिनिधी सभाको निर्वाचनमा निर्वाचन आयोगले आचार सहिंता उल्लेड्घन गर्नै पार्टी तथा उम्मेदवारलाई कारवाही गरिने बताएपनि पर्सा जिल्लामा निर्वाचन आयोगको उल्लेड्घन गरेको प्रमाणहरु भेटिरहेको छ ा २०८२, माघ ५ गते देशभरी निर्वाचन आयोगले आचार सहिता लागु गरेको छ ा आचार सहिता अवधिभरी सार्वजनिक स्थल, बिधालय , अस्पताल, मन्दिर सडक लगायत स्थानहरुमा पार्टीको झण्डा तथा ब्यानर टास्न र झुण्डाउन निर्वाचन आयोगले निषेध गरेको छ ा बीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीमा आईतवार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताहरुले बगहीमा सार्वजनिक सडकको पोलमा पार्टीको झण्डा लगाईरहेको दुश्य हेर्न पाईएको छ ा जुन निर्वाचन आयोगले जारी गरेको आचार सहिता नियम बिपरीत रहेको छ ा हरेक पार्टीले पर्सा जिल्लामा आचार सहिता ब्यापक उल्लेड्घन गरीरहेका छन् ा पर्सा जिल्लाको निर्वाचन आयोगका कर्मचारीले अनुगमन गर्नु पर्ने हो ा