नेपाल कम्युनिष्ट पार्टीबाट प्रतिनिधी सभा सदस्य पदमा पर्सा क्षेत्र १ बाट उम्मेदवारी दिएका मनोज चौधरीलाई पुर्पक्षका लागी बीरगंज कारागार चलान गरिएको छ ा पर्सा जिल्ला अदालतका न्यायधिश कमलकान्त जोशीको ईजलाशले पैmसला गर्दै मनोज चौधरीलाई पुर्पक्षका लागी बीरगंज कारागार चलान गरेको छ भने अन्य तीन जनालाई धरौटीमा रिहा गर्नका लागी आदेश गरेको हो ा मनोज चौधरीबाट अधिवतmा रामनारायण कुर्मी, बिरेन्द्र यादव , प्रमोद साह, पन्नालाल पटेल, लगायतका अधिवतmाले बहस गरेका हुन् ा थुनछेकको बहस सकिएपछि न्यायाधिश जोशीले फैसला सुनाउंदै मनोज चौधरीको हकमा पुर्पक्षमा राख्ने आदेश आउन बितिकै प्रहरीले बिहीवार राती ९ बजेर ३५ मिनेटमा बीरगंज कारागारमा चलान गरेको हो ा अन्य तीन जनापनि कारागार चलान भएका छन् ा पर्सा जिल्ला अदालतले पर्सा गढीनगरपालिका बस्ने ६७ वर्षीय सत्यनारायण दास थारु , बारा प्रर्साेनी गाउापालिका वडा नम्बर ४ बस्ने शाहब आलम अन्सारी र धनुषा बस्ने सुरज कार्कीलाई धरौटीमा रिहा गर्नै आदेश गरेपनि उनीहरुले धरौटी बुझाउन नसिकएपछि हालको बीरगंज लागी कारागार चलान भएका छन् ा प्रनिनिधी सभाको निर्वाचनमा प्रचार प्रसार गर्ने क्रममा पर्सा क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका मनोज चौधरी सवार भएको गाडीबाट बिशेष सुचनाको आधारमा पर्सा प्रहरीले बिष्फोटक पदार्थ बरामद गरेपछि गाडीको चालक सहित चारजनालाई पक्राउ गरेको थियो ा