श्रोत नखुलेको रकम सहित सशस्त्र प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ा बिशेष सुचनाको आधारमा सिमा सुरक्षा गुल्म हेडक्वाटर पर्साबाट खटिएको प्रहरी टोलीले भारतको रक्सौलबाट बीरगंज तर्फ आउंदै गरेको ना २प ९५८७ नम्बरको हिरो होन्डा मोटरसाईकल भन्सार मेन अगाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा मोटरसाईकलको सिट कभरमुनि प्लाष्टिकले लुकाई छिपाई राखेको अवस्थामा नेपाली ९ लाख रुपैया सहित बीरगंज महानगरपालिका वडा नम्बर ८ बस्ने ४४ वर्षीय अनिल कुमार साह पक्राउ परेका हुन् ा उनको साथबाट सशस्त्र प्रहरीले १ हजार ९ सय थान नेपाली रुपैया फेला पारेको हो ा श्रोत नखुलेको रकम सहित पक्राउ परेका अनिललाई थप कारवाहीको लागी बीरगंज भन्सारमा पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बरका गणपति मोहन क्षेत्रीले बताउनु भयो ा बिगत केही चार दिन अगाडी सशस्त्र प्रहरीले बीरगंजको भन्सार मुलगेट अगाडीबाट श्रोत नखुलेको २० लाख रकम सहित एक ब्यतिmलाई पक्राउ गरेको थियो ा बीरगंजमा हुण्डीको कारोवार फस्टाएको उतm घटनाले स्पष्ट देखिएको छ ा हुण्डीका मुख्य कारोवारीहरुले भरिया प्रयोग गरी हुण्डीको कारोवार गर्दै आईरहेका छन् ा पर्सा जिल्लाको बीरगंज भन्सार गेट, अर्लौ , सिर्सिया, भिष्वा, ईनर्वा गाउँ लगायतका स्थानहरुबाट हुण्डीको कारोवार गर्दै आईरहेका छन् ा