बीरगंज महानगरपालिकामा चैते दशैको अवसरमा नगर प्रमुख राजेशमान सिंहले महानगरपालिकाको परिसरमा विधिपुर्वक मौलो पुजा तथा आर्चना गर्नु भएको छ ा पुजा आर्चना गर्ने क्रममा नगरप्रमुख राजेश मान सिंहले नगरवासीको सुख, शान्ति, समृद्धि तथा विपद्बाट सुरक्षा प्राप्तिको कामना गर्नुभएको थियो। चैते दशैं नेपाली हिन्दू समुदायले शक्ति स्वरूपा देवीको आराधना गरी मनाउने महत्वपूर्ण पर्वका रूपमा मानिन्छ। यस अवसरमा विभिन्न शक्तिपीठ तथा सार्वजनिक स्थलहरूमा विशेष पूजा, आराधना र धार्मिक कार्यक्रमहरू आयोजना गरिने परम्परा रहेको छ। कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महानगर प्रहरी तथा बारुण यन्त्रका कर्मचारीहरूको सहभागिता रहेको थियो।