अपराध महाशाखा काठमाण्डौ टेकुबाट खटिएको प्रहरी टोलीले पाँच करोड सत्तरी लाख ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ा धनुषा बस्ने हरेराम साहलाई ठगी , आपराधिक बिश्वाधात तथा आपराधिक लाभ कसुरमा धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका दुईजनालाई बिशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रहरी उपरिक्षक मनोहर भटले जानकारी दिनुभयो ा पक्राउ पर्नेमा काभ्रेपालञ्चोक पाँचखाल नगरपालिका वडा नम्बर २ शिवचोक घरभई हाल काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ बस्ने कृष्ण दंगाल र सरिता गुनीलाई पक्राउ गरी थप कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रहरी उपरिक्षक भटले बताउनु भयो ा प्रहरीले अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय चितवनमा सरिता गुनी बिरुद्ध ३२ लाख बैकिड कसुरमा मुद्दा दर्ता भएको प्रहरी उपरिक्षक मनोहर भटले जानकारी दिनुभयो ा उनीहरु माथी ६ करोड ३२ लाख रुपैया बराबरको बिगो रहेको बताएको छ ा यसैगरी बेरोजगार युवा तथा युवतीहरुलाई आकर्षक तलबको प्रलोभन दिई आइसल्याण्डमा रोजगारको ब्यवस्था मिलाईदिने भन्दै ३५ लाख ठगी गरेको आरोपमा अपराध महाशाखाका प्रहरीले बिशेष सुचनमको आधारमा ब्यतिmलाई पक्राउ गरेको छ ा पक्राउ पर्नेमा ईलाम नगरपालिका वडा नम्बर १ बस्ने हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय मनोज दाहाल रहेका छन् ा बैदेशिक रोजगारको प्रलोभन दिई ठगी गरेका दाहाल लामो समय देखी सम्र्पक विहीन भएपछि पिडीतहरुले जाहेरी दिएपछि सोही जाहेरीको आधारमा अनुसन्धान गर्दे जाँदा काठमाण्डौ महानगरपालिका वडा नम्बर २६ एक घरमा लुकीछिपी बस्दै आईरहेको अवस्थामा दाहाललाई पक्राउ गरिएको प्रहरी उपरिषक मनोहर भटले जानकारी दिनुभयो ा