राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री पदमा नियुतm भएपछि बीरगंजमा खुशीयाली छाएको छ ा नेपाल ईतिहासमा मधेशी मुलका ब्यतिm प्रधानमन्त्री पदमा नियुतm भएका हुन् ा मधेश प्रदेशका जिल्लाहरुमा बालेन शाह प्रधानमन्त्री बनेपछि त्यहाँका वासिन्दाहरु हर्षित भएका छन् ा ३६ वर्षका मधेशी युवक नेपालको प्रधानमन्त्री पदमा नियुतm हुने कल्पना पनि नगरेको बारा जिल्ला ईटीयाही बस्ने ४५ वर्षीय जयप्रकाश सरार्फले भन्नु भयो, नेपालको ईतिहासमा मधेशी युवा प्रधानमन्त्री भएकोमा हामी सबै गौरवान्वित भएको सरार्फले बताउनु भयो ा देशमा अब केही परिर्वतन होला , बेरोजगार युवाहरु स्वदेशमा रोजगार पाउँलान, देशमा भ्रष्टचारमा न्युनीकरण होला आशा राखेका छन् ४५ वर्षीय जय प्रकाश सरार्फले, बालेन शाह प्रधानमन्त्री भएपछि देशमा परिवर्तन हुनेछ ा देश समृद्ध तथा बिकाशको तर्फ फड्को मार्ने बीरगंज महानगरपालिका वडा नम्बर ६ बस्ने ५१ वर्षीय गणेश साहले भने, पुराना नेताहरु भ्रष्टचारमा लिप्त भएको हुनाले देशलाई बर्वाद गरेर छाडेका छन् ा देश प्रति पुराना नेताहरुलाई कुनै स्नेह र माया नरहेको गणेश साहको भनाई रहेको छ ा बालेन शाह प्रधानमन्त्री भएपछि मनबाट नै स्वदेशमा नै केही गरौ भन्ने उर्जा आईरहेको खाडी मुलुक साउदी अरबबाट आएका रौतहट बस्ने हरेराम पटेलले भने, फाल्गुण २१ गते प्रनिनिधी सभाको निर्वाचन हुनेभएपछि बालेनको नेतृत्वमा सरकार बन्ला आश गर्दै साउदी अरबमा पाएको रोजगार छाडेर आफनो देश फर्केको पटेलले बताउनु भयो ा बालेन नेतृत्वको सरकारले देशमा परिर्वतन ल्याउने आशले स्वदेश फर्किएको हरेराम पटेलले भने ा अहिलेका युवाहरुले बालेन सँग धेरै अपेक्षा राखेका छन् ा गत भदौ २३ र २४ गते जेनजी युवाहरुको हत्या गरेका ब्यतिmहरुलाई बालेन शाहको नेतृत्व सरकारले कारवाही गर्ने ७१ वर्षीय बृद्धा सुमिता देबीले भन्नु भयो ा बिधालयको पोशाक लगाएका बिधार्थीहरुलाई ताकी ताकी टाउको तथा छातीमा गोली प्रहार गर्ने प्रहरी तथा आदेश दिने हाकिमलाई पनि कारवाही भएपछि मात्र बालेन शाह प्रधानमन्त्री भएको अनुभुति हुने ७१ वर्षीय बृद्धा सुमिता देबीले बताउनु भयो ा