बीरगंजको प्रसिद्ध गहवामाई मन्दिर ब्यवस्थापन पक्षले आयोजना गरेको भब्य महाआरती सम्पन्न भएको छ ा महाआरतीमा हजारौ भन्दा बढी भतmजन तथा श्रद्धालुहरुको उपस्थिती रहेको थियो ा महाआरतीमा सहभागी भएका भतmजनहरुले आफनो घरबाट माटोको दिया लिएर आएका थिए ा आरती शुरु भएपछि भतmजनहरु पनि हातमा दिया लिएर आरती गरेका छन् ा महाआरती कार्यक्रममा बीरगंज महानगरपालिका मेयर राजेश मान सिंह, प्रतिनिधी सभाका निर्वाेचित सदस्य क्षेत्र नम्बर १ का हरि पन्त , क्षेत्र २ का शुशील साह कानु , पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक हरि बस्नेत, सशस्त्र प्रहरी १३ नम्बर गणका गणपति मोहन क्षेत्री लगायत बिभिन्न समाजसेवी लगायतको उपस्थिती रहेको थियो ा गहवामाई मन्दिर ब्यवस्थापन पक्षले अगामी तीन वर्ष देखी चैत्ते दशैको पावन अवसरमा डोली यात्रा तथा रामनवमीको पावन अवसरमा महाआरती गर्दै आईरहेको छ ा गहवामाई महाआरती हेर्नका लागी छिमेकी राष्ट्र भारतको रक्सौलबाट भतmजनहरु आएका छन् ा