बारा जिल्लाको बलिरामपुर बाट ब्यापक तस्करी सञ्चालनमा आएको छ ा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मिलोमतोमा कपडा, माछा, कुखुरा, रजनीगन्धा , हार्डवेयर लगायतका सामग्रीहरु तस्करी भईरहेको एक स्थानिय वासिन्दाले नाम नछाप्ने शर्तमा बताएका छन् ा राती बखतमा बलिरामपुर नाकाबाट दशवटा भन्दा बढी मोटरसाईकल आवत जावत गर्ने गरेको र प्रत्येक मोटरसाईकको पछाडि पटि ठुलो ठुलो कपडा राखेर रातभरी मोटर गुडिरहेको ती वासिन्दाको भनाई रहेको छ ा भारतबाट मोटरसाईकलमा कपडा, माछा, तरकारी, रजनीगन्धा , केराउ आउने गरेको छ भने नेपालबाट चाईनीज भेप , स्याउ लगायत सामानहरु भारततर्फ गईरहेका छन् ा डिउटीमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले तस्करहरु सँग प्रत्येक मोटसाईकलबाट नेपाली रुपैया ५०० लिने गरेको भरपर्दाे श्रोतको दाबी रहेको छ ा खुल्ला सिमानाकाको फाईदा उठाउंदै तस्करहरुले खुले आम तस्करी संञ्चालनमा ल्याएका छन् ा घुमुवा प्रहरीले बलिरामपुर नाका बाट मधेश प्रदेशको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको डिआईजीको भागपनि लिने गरेका छन् ा माथी देखी तलसम्म सेटिंग भएको हुनाले रातीको बखतमा खुलेआम बलिरामपुर नाकाबाट तस्करी मौलाएको छ ा घरेलु प्रयोजनको लागी भारतबाट तेल , चामल, अटा, प्याज लगायतका सामग्रीहरु लिएर आउंदा सिमानाकामा खटिएका सशस्त्र प्रहरीले भन्सारको नियम बताउंदै दुख दिने गरेको बलिरामपुर सुरेन्द्रले भने, सोझा साझा जनताहरुलाई दुख दिने गरेको , तस्करका नाईकेहरुलाई सलाम गरी रकम लिने गरेका प्रहरीको दोहोरो चरित्र रहे्को सुरेन्द्रको भनाई रहेको छ ा बारा जिल्लाको बलिरामपुर मुसहर्वा , सिमा्रेनगढ लगायतका नाकाहरुबाट ब्यापक तस्करी सुचारु भएको छ ा बारा जिल्लामा घुमुवाको आंतक मच्चिएको सुरेन्द्र बताए ा सशस्त्र प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेपनि जुन नियम बिपरीत रहेको छ ा सशस्त्र प्रहरीको ऐनले सादा पोशाकका प्रहरी नखटाउनु हरेक गणपति तथा प्रदेशमा पत्र पठाएपनि हेडक्र्वाटरको नियमलाइृ धोती लगाउंदै बारा जिल्ला लगायत मधेश प्रदेशको बिभिन्न जिल्लाहरुमा सशस्त्र प्रहरी सादा पोशाकमा खटिरहेका छन् ा