बीरगंजमा राती बखतमा यौन धन्दाको ब्यापार बढ्ने थालेको छ ा बसपार्क, रातो बंगला, पानी टंकी रोड चालिस फिटे रोड, गण्डक, अर्लाे लगायतका स्थानहरुमा यौन धन्दा फस्टाएको छ ा बीरगंज नगर क्षेत्रमा राती १२ बजे देखी राती ३ बजे सम्म खुलेआम यौन धन्दा सञ्चालनमा आएको स्थानिय वासिन्दाहरुले भनेका छन् ा रातीको बखतमा बिशेष कामले घरबाट बाहिर निस्कीने पनि मुश्किल भईसकेको चालिस फिटेमा घर भएका एक घरधनीको गुनासो गरेका छन् ा घर छेउमा नै गतल क्रियाकलाप गर्ने गरेको तथा अश्लिल शब्द भाषा बोल्ने गरेको बताउनु भयो ा प्रहरीलाई जानकारी गराउंदा दुई चार दिन सम्म शान्त हुन्छ , पुर्ण चार दिन पछि त्यही क्रियाकलाप शुरु हुने गरेको बताउनु भयो ा त्यस्ता ब्यतिmहरुको कारणले गर्दा समाजमा नकारात्मक असर पर्ने गईरहेको हुनाले यस तर्फ स्थानिय प्रशासन ध्यान जानुपर्ने देखिएको छ ा