घरेलु बिवाद कारण आफनै श्रीमतीको धारिलो हथियार प्रहार गरी खुटा काट्ने एक ब्यतिmलाई पर्सा प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सुदीप राज पाठकले पत्रकार सम्मेलनमा जानकारी गराउंदै पर्सागढी नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय बिश्वनाथ सहनीले २५ वर्षीय श्रीमती हीरकला देबी सहनी माथी धारिलो हथियार प्रहार गरी दायाँ खुटा काटिएको बताउनु भयो ा खुटा काटेर फरार रहेका बिश्वनाथ सहनीलाई बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी बडनिहारबाट खटिएको संयुतm प्रहरी टोलीले पर्सागढी नगरपालिका वडा नम्बर बिरुवाबाट प्रहरीले पक्राउ गरेको हो ा सामान्य घरेलु बिवाद उग्ररुप लिएपछि सहनीले आफनै श्रीमती माथी धारिलो हथियारले प्रहार गरेको बुझनमा आएको छ ा पक्राउ परेका बिश्वनाथ सहनीलाई ज्यान मार्ने उधोग तथा कुटपिट अंगभंग सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक पाठकले भन्नु भयो ा हीरकला देबी उपचार एल एस न्युरो एण्ड जनरल अस्पताल परवानीपुर भईरहेको छ ा