अबैध लागु औषध सहित प्रहरीले एक ब्यतिmलाई पक्राउ गरेको छ ा बिशेष सुचनाको आधारमा अपराध महाशाखा टेकु काठमाण्डौबाट खटिएको प्रहरी टोलीले किर्तिपुर नगरपालिका वडा नम्बर ९ बिष्णुदेबी पागा बसपार्क एरियाबाट लागु औषध डाईजेपाम सहित ३७ वर्षीय बिजेन्द्र प्रजापतिलाई पक्राउ गरिएको हो ा उनको साथबाट डाईजेपाम, फेनारगन, नोर्फिन एक एक एम्पुल मिलाई बनाएको जम्मा १० सेट, ३० एम्पुल , टा्रमाडोल, हाइडा्रेलोरिड क्याप्सुल टा्रमाडोल समेत लेखिएको क्याप्सुल भएको पत्ता १५ गरी १५० क्याप्सुल , मोबाईल ३ थान, नगद ७ हजार रुपैया बरामद गरिएको प्रहरी उपरिक्षक मनोहर भटले जानकारी दिनुभयो ा पक्राउ परेका प्रजापतिलाई थप कारवाहीको लागी भद्रकाली काठमाण्डौ पठाइएको प्रहरी उपरिक्षक भटले बताउनु भएको छ ा प्रजापति भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नम्बर ८ बोडे घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर १३ कुलेश्वर बस्दै आईरहेका थिए ा