पर्सा प्रहरीले ५ जना जुवाडेहरुलाई पक्राउ गरी अनुसन्धान थालेको छ ा पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहार बिरुवागुठी स्थित रहेको दिलमाया तामांडले सञ्चालन गरेको गौरे कटेजमा जुवा तास भईरहेको प्रहरीलाई सुचना पाएपछि ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले कटेजमा छापामारी गर्दा जुवातास खेलीरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको हो ा पक्राउ पर्नेहरुमा बीरगंज महानगरपालिका वडा नम्बर ३१ बस्ने २७ वर्षीय अरबिन्द गौरो थारु, पर्सागढी नगरपालिका वडा नम्बर ३ बस्ने ५७ वर्षीय बिरेन्द्र साह, सोही स्थान बस्ने वडा नम्बर ४ का ४० वर्षीय सुरेन्द्र चौधरी , वडा नम्बर ३ बस्ने ३१ वर्षीय शिशिर तामांड र ३८ वर्षीय दिलमाया तामांड रहेका छन् ाउनीहरुको साथबाट नगद १५ हजार रुपैया र तीन सेट तास बरामद गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ा पक्राउ परेका पाँचैजनालाई जुवातास ऐन मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ा