बिभिन्न मुद्दामा फरार रहेका ६ जना अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ा बारा जिल्ला अदालतले बिभिन्न मुद्दामा कैद तथा जरीवाना ठहर गर्दे फैसला गरेपछि उनीहरु फरार भएका थिए ा बारा प्रहरीले बिशेष सुचनाको आधारमा लुकीछिपी बस्दै आईरहेका ६ जना फरार अभियुतmलाई पक्राउ गर्ने सफल भएको हो ा पक्राउ पर्नेहरुमा बलैया उपमहानगरपालिका वडा नम्बर १९ बस्ने ४९ वर्षीय ओसी महमद ठकुराई, कलैया उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षीय राजा हुसेन धोबी, सोही स्थान बस्ने ६५ वर्षीय मोहनलाल प्रसाद साह , कलैया उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ४२ वर्षीय राधेश्याम पटेल, कलैया वडा नम्बर बस्ने ४६ वर्षीय महाबिर कुमार गुप्ता र कलैया वडा नम्बर ३ बस्ने रोहित मिल रहेका छन् ा उनीहरुलाई बुधवार बारा जिल्ला अदालतमा पेश गरिने बारा प्रहरीले बताएको छ ा बारा प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्नका लागी बिशेष प्रहरी परिचालन गरेको हो ा