अबैध अनलाईन जुवा खेलाउने ३ भारतीय नागरिक सहित ९ जनालाई अपराध महाशाखा टेकु काठमाण्डौ प्रहरीले पक्राउ गरेको छ ा बिशेष सुचनाको आधारमा ललितपुर महानगरपालिका वडा नम्बर २३ हात्तिवन स्थित रहेको सिटी स्काएप अपार्टमेन्टमा अनलाईन जुवा खेलाउने क्रममा ९ जनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक मनोहर भटले भन्नु भयो, घटनास्थलमा प्रहरी पुग्दा जुवा खेलाउनको लागी प्रयोग गरिएका सामानहरु बरामद भएको बताउनु भयो ा पक्राउ पर्नेहरुमा भारत मध्यप्रदेश १३ मलिपुरा हावामहल घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २३ हात्तिवन बस्ने ३५ वर्षीय चेत्तन यादव , सोही स्थान बस्ने ३३ वर्षीय आशिष शर्मा, २१ वर्षीय रौनक सिंह , नवलपरासी पुर्ब देवचुली नगरपालिका वडा नम्बर प्रगतिनगर घर भई हाल ललितपुर वडा नम्बर २३ हात्तिवन बस्ने २६ वर्षीय सुजन दवाडी , तनहु भिमाद नगरपालिका वडा नम्बर २ बागटार घर भई हाल ललितपुर वडा नम्बर २३ बस्ने २४ वर्षीय निरोज राना, कास्की रुपा गाउँपालिका वडा नम्बर ५ देउराली घर भई ललितपुर बस्ने २६ वर्षीय आशिष रेग्मी , दाड घोराही उपमहानगरपालिका वडा नम्बर १५ धैरैनी घर भई हाल ललितपुर वडा नम्बर २३ हात्तिवन बस्ने २६ वर्षीय हार्दिक पोखेरेल, लम्जुड बेशीशहर नगरपालिका वडा नम्बर ३ गौरी घर भई हाल ललितपुर वडा नम्बर २३ हात्तिवन बस्ने २५ वर्षीय सुरेश पराजुली र डोटी जिल्ला पुर्वी चौकी गाउँपालिका वडा नम्बर ४ घर भई हाल किर्तिपुर नगरपालिका चियावगान बस्ने २६ वर्षीय योग्रेन्द्र कुँवर रहेका छन् ा प्रहरीले उनीहरुको साथबाट भारतिय कम्पनी तथा नेपाली कम्पनीको सिम कार्ड ३१ थान , बिभिन्न कम्पनीका मोबाईल २४ थान , बिभिन्न कम्पनीको ल्याबटब ८ थान फेला परेको प्रहरी उपरिक्षक मनोहर भटले बताउनु भयो ा प्रहरीले अनुसन्धान गर्दा अनलाईन जुवाको माध्यमबाट उनीहरुले ३१ करोड , २४ लाख , ३४ हजार , ९ सय , २० रुपैया ३२ पैसाको कारोवार गरेको प्रमाण सहित बिगो दाबी गरेको छ ा हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ललितपुर कार्यालय प्रहरीको हिरासतमा रहेका छन् ा