बेरोजगार युवा तथा युवतीहरुलाई बिदेशमा राम्रो रोजगारको प्रलोभन दिई लाखौ रुपैया ठगी गरेको आरोपमा अपराध महाशाखा टेकु काठमाण्डौका प्रहरीले तीनलाई पक्राउ गरेको छ ा म्यानपावर संञ्चालन गरी युवा तथा युवतीहरु सँग लाखौ रुपैया लिएर फरार रहेका तीनजनालाई सुचनाको आधारमा काठमाण्डौको बिभिन्न स्थानहरुबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक मनोहर भटले भन्नु भयो, पत्राउ पर्नेहरुमा बक्षाड तलकोट गाउापालिका वडा नम्बर २ बस्ने २ज्ञ वर्षीय नरेन्द्र बहादुर धमेना , कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर २ बस्ने हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ बस्ने २७ वर्षीय दर्शना भण्डारी र रौतहट बौदीमाई नगरपालिका वडा नम्बर ७ बस्ने ५० वर्षीय राजु प्रसाद कुशवाहा रहेका छन् ाउनीहरुलाई थप अनुसन्धानको लागी वैदेशिक रोजगार बिभाग ताहाचल काठमाण्डौमा पठाइएको प्रहरी उपरिक्षक मनोहर भटले जानकारी दिनुभयो ा