बर्तमान सरकारले नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी ओलीलाई राजनित्तिक प्रतिशोध पुर्वाग्रही तथा गैरकाननुी तरिकाले गिरप्तारीको गरेको हुनाले तत्काल रिहा गर्न बुधवार सम्पन्न बसेको नेकपा एमाले पर्साको भेलाले माँग गरेको छ ा भेलामा आपसी विबाद तथा कमिकमजोरी हटाएर पार्टी संगठनमा आवद्ध रहेका नेता तथा कार्यकर्ताहरु एक ढिक्का भई परिचालन गर्नुपर्नै धारण राखेका छन् ा नेकपा पर्सा जिल्लाका अध्यक्ष डा। विशम्भर कुमार शर्माको अध्यक्षता सम्पन्न भएको भेला कार्यक्रममा केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, जिल्ला र पालिका कमिटीको पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो । पोखरीया नगरपालिका प्रमुख प्रधुम्न चौहान, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका प्रमुख सिघासन साह तेली, जिल्ला समन्वय समिति उप प्रमुख पुरन पटेल , पालिकाका उपप्रमुखहरु लगायत को उपस्थिति रहेको थियो । उक्त भेलालाई केन्द्रिय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, प्रदेश उपाध्यक्ष वेचारी प्रसाद यादव, जालिम मियाँ, रुपेश पाण्डे, जन्नत अन्सारी , जिल्ला सचिव महेश दासले मन्तव्य राखेका छन् ा