अबैध लागु औषध सहित बारा प्रहरीले दुईजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बीरगंजको संयुतm प्रहरी टोलीले जीतपुर सिमराउपमहानगरपालिका वडा नम्बर २१ कल्पबृक्ष होटेल नजिकै पैदल हिडीरहेका ब्यतिmलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ९४२ ग्राम लागु औषध अफिम बरामद गरिएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता बिजयराज पण्डितले जानकारी दिनुभयो ा पक्राउ पर्नेहरुमा मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर २ बस्ने ५५ वर्षीय खड्ग बहादुर मोक्क्तान मकवानपुर डाडाँ खर्क गाबिस वडा नम्बर ८ बस्ने ४९ वर्षीय लाल बहादुर स्याडतान रहेका छन् ा लागु औषध अफिममा ओसार पसार कार्यमा संलग्न रहेका ब्यतिmहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक पण्डितले बताउनु भयो ा उनीहरु हेटौडाबाट सिमरातपर्फ आउने क्रममा पक्राउ परेका हुन् ा