नेपालीमा प्रख्यात एउटा उखान छ , हातीको देखाउने दाँत एउटा , खाने दाँत अर्काे यही उखान मधेश प्रदेशका डिआईजी गोविन्द थपलियामा लागु भएको स्पष्ट देखिएको छ ा भर्चुलको माध्यमबाट डिआईजी गोबिन्द थपलिया निर्देशन दिदाँ मधेश प्रदेशलाई तस्करी मुक्त जिल्ला बनाउनका लागी आफु कुनै कसर बाँकी नराख्ने बताउंदै तस्कर समुहहरु सँग सांठगाँठ गर्ने प्रहरीलाई कारवाही गरिने बताएपनि डिआईजी थपलियाका बिश्वासपात्र वरिष्ठ सई गोपाल थापा मगरको निर्देशनमा मधेश प्रदेशको हरेक जिल्लाहरुबाट तस्करी सञ्चालनमा आएको छ ा सुचना संकलन गर्नका लागी वरिष्ठ सई गोपाल थापा मगर लगायत प्रहरी सादा पोशाकमा खटाएको मधेश प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा परिपत्र गरेको हो ा सुचना संकलन भन्दा बढी प्राथमिकता रकम असुलीमा ब्यस्त रहेका छन् वरिष्ठ सई गोपाल थापाको सञ्जाल मधेश प्रदेशमा निकै बलियो रहेको बुझनमा आएको छ ा मधेश प्रदेशको कार्यालयमा बसेर बारा , पर्सा , रौतहट ,सर्लाही, धनुषा लगायत जिल्लाहरुबाट वरिष्ठ सई मगरले डिआईजी थपलियाको भागको रकम असुल्ने गरेको एक प्रहरी अधिकृतले नाम नछाप्ने शर्तमा भन्नु भयो ा प्रहरी प्रधान कार्यालयले बिगत तिन महिना अगाडी मधेश प्रदेशमा धुमुवा रहेका जवान, हवल्दार , असई सई लगायत वरिष्ठ सईलाई काज गरेर कारवाही गरेको थियो ा उक्त काजमा वरिष्ठ सई गोपाल थापा मगर पनि परेका प्रहरी हुन् ा उनले शक्तिकेन्द्रको बल लगाएर पुर्ण आफनो दरबन्दी मधेश प्रदेश फिर्ता भएका थिए ा प्रहरी प्रधान कार्यालयबाट एक हप्तामा फिर्ता भएका वरिष्ठ सई गोपाल थापा मगरले डिआईजी थपलियाको निर्देशनमा हरेक जिल्लाहरुबाट रकम असुल्ने कार्य शुरु गरेका हुन् ा सई थापा मगरले मधेश प्रदेशको हरेक जिल्लाका घुमुवाबाट नै रकम लिने गरेको भरपर्दाे श्रोतको दाबी रहेको छ ा वरिष्ठ सई गोपाल थापाको छत्रछायांमा रहेका प्रहरी जवानहरुले चौकी ईन्चार्ज सँग वरिष्ठ सई थापा मगरको नाउँमा रकम लिने गरेको एक जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका सईको भनाई रहेको छ ा डिआईजी थपलियाले परिचालन गरेको टोलीले मधेश प्रदेशमा रकम असुली कार्यमा आंतक नै मच्चाएका छन् ा प्रहरीको ऐनमा स्पष्ट लेखिएको छ घर भएको स्थानमा दरबन्दी वा काज नहुने जनाएपनि मधेश प्रदेशका डिआईजी गोबिन्द थपलियाले मधेश प्रदेश गण जनकपुर दरबन्दी भएका प्रहरी हवल्दार बच्चालाल यादवलाई गुह रौतहट जिल्लामा मौखिक आदेश दिएर खटाएका छन् ा बन्चा यादवले रौतहट जिल्लामा आंतक मच्चएका छन् ा वडा प्रहरी कार्यालय श्रीपुर दरबन्दी भएका प्रहरी हवल्दार उमेश यादवलाई कारवाहीको लागी मधेश प्रदेशका डिआईजी थपलियाले कारवाहीको लागी बोलाएपनि उनकै मौखिक आदेशले उमेश यादवलाई गृह जिल्ला बारामा खटाइएको छ ा बारामा बसेर हवल्दार उमेश यादवले बारा र पर्सामा कार्यरत रहेका चौकी ईन्चार्ज तथा मोटरसाईकलमा घुम्ने क्युआर टोली तथा घुमुवाहरु सँग वरिष्ठ सई गोपाल थापा मगरको नाउँमा रकम लिने गरेको एक प्रहरी जवानले बताएका छन् ा वरिष्ठ सई गोपाल थापा मगरको निर्देशनमा हवल्दारद्धयले खटेको भनेपछि हामी त्रसित भएर बसेको प्रहरी जवानको भनाई रहेको छ ा डिआईजी थपलियाले परिचालन गरेका टोलीले जिल्लाको टोली सँग सहकार्य गरी मधेश प्रदेशमा अहिले पनि तस्करी सुचारु रहेको छ ा उक्त सम्बन्धमा डिआईजी गोविन्द थपलियाको ९८५४०८४४४४ नम्बरमा फोन गरेर बुझन खोज्दा सम्र्पक हुन सकेनन् ा बर्तमान सरकारका गृहमन्त्री सुदन गुरुड्ले यसतर्फ ध्यानजानुपर्ने हो ा