बीरगंज महानगरपालिका वडा नम्बर ८ गहवाको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन महानगरपालिका नगर प्रमुख राजेश मान सिंहले एक कार्यक्रमको बीच गर्नु भएको छ ा ७९ लाख रुपैयाको लागतमा निर्माण भएको भवनमा दुइ तले पक्की संरचना गरेर सुबिधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको वडाध्यक्ष रितेश गुप्ताले बताउनु भयो ा महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० मा टेण्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको थियो । बिगत ६ महिनामा निर्माण भएको भवनलाई बीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले उद्घाटन गर्नुभएको हो ा बिगतमा वडा कार्यालयको आफनै भवन नहुदां बिधालयको कोठाबाट नै सेवा सञ्चालन हुदै आएको थियो ा उद्घाटन कार्यकमलाई सम्बोधन गर्दे महानगर प्रमुख राजेश मान सिंहले नयाँ भवन निर्माणसँगै वडा स्तरबाट प्रदान गरिने सेवा अझ सहज, छिटो र प्रभावकारी हुने बताउनुभयो । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, विभिन्न वडाका वडा अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।