पर्सा प्रहरीले बीरगंजमा सञ्चालित रहेका क्यासिनोहरुमा छड्के अनुगमन गरेको छ ा नेपाली युवाहरु सहज तरिकाले क्यासिनोमा प्रवेश भईरहेको गुनासो प्रहरीमा आउन थालेपछि बिहीवार जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्तामा प्रहरी निरीक्ष्ाँक बिक्रम सुवेदीको कमाण्डमा खटिएका प्रहरी टोलीले क्यासिनोमा अनुगमन गरेका छन् ा प्रहरीले किँग क्यासिनो, सुरज होटलमा रहेको क्यासिनो, सरोबर पोटिकामा सञ्चालनमा रहेको क्यासिनोहरुमा राति बखतमा प्रहरीले छड्के चेकजाँच गरेका छन् ा प्रहरीको अनुगमनमा नेपालीहरु फेला नपरेपछि क्यासिनोमा सञ्चालकहरुलाई सचेत गराउंदै प्रहरी फिर्ता भएको हो ा बीरगंजको क्यासिनोहरुमा नेपालीहरु प्रवेश गरेर खुलेआम जुवा तास खेल्दै आईरहेका थिए ा कतिपय नेपालीहरु क्यासिनोमा जुवा खेलेर रोडमा आएको बिभिन्न सञ्चारमाध्यममा समाचार नै प्रकाशित भएको छ ा