भदौ २४ गते जेनजीहरुले निजी तथा सरकारी भौतिक संरचना , आगजनी तथा तोडफोड गरेको आरोपमा बारा जिल्ला अदालतले २३ जना जेनजी युवाहरुलाई पक्राउ गरी अनुसन्धान बढाउन बारा प्रहरीलाई निर्देशन दिएको छ ा बारा जिल्लाको बिश्रामपुर गाउँपालिकामा जेनजी आन्दोलनमा सहभागी भएका युवाहरुलाई पक्राउ पुर्जी जारी भएपछि २३ जना फरार भएका छन् ा जेनजी आन्दोलनमा सहभागी भएका युवाहरुलाई पबmाउ पुर्जी जारी भएपछि युवाहरुमा त्रास तथा भय उत्पन्न भएको छ ा अदालतले पक्राउ पुर्जी जारी गरेपछि बारा प्रहरीले नेपाल र भारत सिमानाकामा सुरक्षा कडा पारेको हो ा बारा एक प्रहरीले बताए अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको छ हामीले अदालतको निर्णयलाई पालना गर्दे सिमानाका प्रहरी परिचालन गरेका हौ ा अदालतले २३ जनाको नाउँमा पक्राउ पुर्जी गरेका नामहरु बारा जिल्ला बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ बस्ने ३० वर्षीय सुमित यादव सोही स्थान बस्नेहरु वडा नम्बर २ का ४० वर्षीय अजय कुमार गुप्ता, २५ वर्षीय दिलीप पंडित, २८ वर्षीय राजेश्वर यादव, २७ वर्षीय अरुण सोनल, २५ वर्षीय नरेश शर्मा, ३२ वर्षीय सन्तोष साह, २८ वर्षीय भोला कुशवाहा, २७ वर्षीय सुनिल पंडित, ४० वर्षीय उपेन्द्र साह, ३५ वर्षीय सन्तोष साह कलवार, ३२ वर्षीय संतोष पंडित, ३५ वर्षीय बिकाश यादव , ३५ वर्षीय जवैद मियाँ तेली लगायत रहेका छन् ा