वैदिक परम्परा अनुसार मनाईने श्री जगन्नाथ रथ यात्रा बीरगंजमा भब्य साथ सम्पन्न भएको छ ा इस्कोन बीरगंजका प्रमुख मुक्तिनाथ साहको अध्यक्षता निस्कीएको रथयात्रामा बारा, पर्सा तथा छिमेकी राष्ट्र भारतको रक्सौलबाट भक्तजन तथा श्रदालुहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ा सनातन धर्म अनुसार भगवान जगन्नाथ, बलदेव तथा सुभद्रा महारानीको रथयात्रामा भगवानहरु मन्दिरबाट निस्केर सर्वसाधारण भक्तजन तथा श्रदालुहरुलाई आशीर्वाद प्रदान गर्ने बिश्वास रहेको छ ा गहवामाइ मन्दिरबाट निस्कीएको रथयात्रा आर्दशनगर, बिर्ता घडिअर्वा लगायत नगरको बिभिन्न भाग परिक्रमा गरी माईस्थानमा पुगेर समापन भएको हो ा यस पर्वले समाजमा एकता, भक्तिm र समानताको सन्देश प्रवाह गर्ने गर्दछ ा रथयात्रा सम्पन्न भएपछि माईस्थानमा नि शुल्क प्रसाद बितरण तथा नृत्य प्रर्दशन गरिएको थियो ा जगन्नाथ रथयात्रामा इस्कोनमा आवद्ध रहेका सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो भने नेपाल प्रहरी र सशस्त्र प्रहरी ठुलो मात्रामा परिचालन गरिएको थियो ा कार्यक्रमका प्रमुख अतिथी बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह , जगन्नाथ यात्रा निस्कीनु भन्दा अगाडी पुजा आर्चना गर्नु भएको थियो ा रथयात्रामा हजारौ भन्दा बढी भक्तजन तथा श्रदालुहरु सहभागिता रहेको छ ा कार्यक्रममा ईस्कोन बीरगंजका आयुष गिरी , गौर्भसन दास, श्याम मनोहर साह लगायतको उपस्थिती रहेको थियो ा