बीरगंज नगर क्षेत्र भित्र रहेका ढाटबाट उठाउंदै आएको रकम तत्काल रोक्न पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले पर्साका प्रमुख जिल्ला अधिकारी भोला अधिकारीलाई निर्देशन दिएका छन् ा एकीकृत जाँच चौकी बीरगंजबाट निस्कने भारतिय मालवाहक ट्रकबाट अबैध तरिकाले ढाटमा खटिएका ब्यतिmहरुले रकम असुल्ने काम गर्दे आईरहेका थिए ा दिउँसो बन्द तर राती ढाट सञ्चालन गरी मालवाहक ट्रक सँग ३०० सय देखी १००० हजार रुपैया लिने गरेका हुन् ा पर्सा क्षेत्र नम्बर १ का साँसद हरि पन्तले अब देखी कानुन बिपरीत कुनै शिर्षकमा कर वा शुल्क उठाउन नपाईने उठाएको खण्डमा कानुन बमोजिम कारवाही हुने स्पष्ट पार्नु भयो ा सर्वाेच्च अदालतले राजर्मागहरुमा स्थानिय तहलाई कुनै पनि प्रकारको कर वा शुल्क उठाउन रोक लगाउंदै अन्तरिम आदेश गरेपनि स्थानिय प्रशासनको मिलोमतोमा ठेक्दारहरुले कर शुल्क उठाउंदै आईरहेका थिए ा बीरगंजको बिभिन्न स्थानहरुमा ठेक्दारहरुले घुम्ती संञ्चालन गरी भारतिय मालवाहक ट्रक सँग रकम लिने गरेका हुन् ा