कुटपिटबाट बीरगंजमा एक प्रहरी कर्मचारीहरुको ज्यान गएको छ ा बीरगंज महानगरपालिका वडा नम्बर ९ श्रीपुर पछाडि रहेको एक घरमा भएको कुटपिटबाट पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली बस्ने २७ वर्षीय बिकास चौरसियाको ज्यान गएको पर्साका प्रहरी नायब उपरिक्षक हरि बस्नेतले पुष्टि गर्नुभयो ा सप्तरी दरबन्दी भएका चौरसिया बिदा लिएर बीरगंज आएका थिए ा स्थानियका अनुसार रौतहट घर भएका एक परिवारले डेरा लिएर बसेको कोठामा भएको बिवाद चर्किदै जाँदा झगडामा परिणत भएको थियो ा उतm झगडामा चौरसिया माथी केही युवाहरुले रडले प्रहार गरिएको थियो ा रड प्रहार गरी घाईते बनाएको प्रहरीलाई सुचना पाएपछि पाँच मिनेटमा घटनास्थलमा प्रहरी पुगेर घाईते चौरसियालाई उपचारको लागी नारायणी उप क्षेत्रीय् अस्पतालमा भर्ना गर्दा चिकित्सकले मृत घोषणा गरेको हो ा घटनामा संकलन रहेका तीन युवा सहित एक महिलालाई नियन्त्रणमा पर्सा प्रहरीले लिएको छ ा घटनाबारे थप अनुसन्धान भईरहेको पर्साका प्रहरी नायब उपरिक्षक हरि बस्नेतले जानकारी दिनुभयो ा