नेपाल प्याब्सन पर्साले २०८२ तथा नयाँ वर्ष २०८३ शुभकामना आदान–प्रदान कार्यक्रम वीरगञ्जस्थित होटल भिस्वामा सम्पन्न भएके छ ा
उत्कृष्टतालाई सम्मान गर्दै, नयाँ सुरुवातलाई अँगाल्दै” भन्ने मूल नारासहितको कार्यक्रममा प्याब्सन पर्साका संस्थापक सदस्य मनी कुमार लामा, संस्थापक सदस्य एवं पूर्व अध्यक्ष लाल बाबू प्रसाद कुर्मी तथा संस्थापक सदस्य एवं पूर्व अध्यक्ष श्याम केसिलाई ‘प्याब्सन लेगेसी अवार्ड २०८२’ प्रदान गरी सम्मान गरिएको थियो। शिक्षा क्षेत्रको विकास, संस्थागत मजबुती र प्याब्सनको विरासत जोगाउन पुर्याएको महत्वपूर्ण योगदानको कदरस्वरूप उनीहरूलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा पशुपति विक्रम साह र उषा देवी साहको उपस्थिति रहेको थियो वीरगञ्ज महानगरपालिकाको शैक्षिक महाशाखाका प्रमुख आनन्द लामिछाने, प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरन प्रधान, मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्याब्सन महानगरका अध्यक्ष राहुल श्रीवास्तव, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह लगायतको सहभागिता रहेको थियो।