प्रहरी जवान बिकास चौरसियाको हत्या बिवाहेतर प्रेम सम्बन्धका कारण हत्या भएको पर्साका प्रहरीको अनुसन्धानबाट खुलेको छ ा सप्तरी दरबन्दी भई बिदामा आएका प्रहरी जवान चौरसियालाई शनिवार साँझ बीरगंज महानगरपालिका वडा नम्बर ११ रानीधाट स्थित रहेको फिरोज मियाँको घरमा ४ जना मिलेर कुटपिट गर्दे छडले प्रहार गर्दा उनको हत्या भएको थियो ा कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली घर भएको २८ वर्षीय बिकाश चौरसिया फिरोज मियाँको घरमा डेरा लिएर बस्दै आएका रौतहटका २६ वर्षीय सन्तोष साह र उनको पत्नी २४ वर्षीय सोनी कुमारी साहको घरमा पुगेको बखतमा भारतिय नागरिकको सहयोग लिएर फलामको छडले कुटपिट गर्दे हत्या गरेको हो ा प्रहरीले घटनामा संलग्न रहेका सन्तोष साह, उनकी पत्नी सोनी कुमारी, बाराको महागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह र भारतको उत्तरप्रदेश अलीगढ निवासी २१ वर्षीय ओमवीर प्रजापतिलाई घटना भएको दिन नै पक्राउ गरेको छ ा मृत्क प्रहरी जवान चौरसिया र सोनी कुमारी बीच बिवाहेतर प्रेम सम्बन्ध रहेको सन्तोष साहलाई जानकारी भएपछि चौरसियाको हत्याको योजना बनाइएको हो ा सप्तरी दरबन्दी भएका मृत्क प्रहरी जवान बिकाश चौरसियालाई सोनी कुमारीले फोन गरेर बोलाएपछि उनल्े बिदा लिएर बीरगंज आएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ा बीरगंजको रानीघाटमा छडले प्रहार गरी सख्त घाईते बनाएको प्रहरीलाई जानकारी आएपछि पाँच मिनेटमा प्रहरी घटनास्लथमा पुगेर बिकाश चौरसियाको उद्धार गरी बीरगंजको नारायणी अस्पालमा उपचार गराउंदा चिकित्सकले मृत घोषणा गरेको थियो ा