नगवा दुर्गा पूजा समितिको आयोजनामा श्री १०८ सप्ताह हनुमान चालीसा पाठ सम्पन्न भएको उपलक्ष्यमा “श्री हनुमान आराधना तथा महाआरती” कार्यक्रम सञ्चालन हुन लागेको हिन्दु पबकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ा हनुमान आराधना बिहानदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ भने महाआरती साँझ ६स्३० बजे सुरु हुने जनाइएको छ। महाआरती पश्चात् प्रसाद वितरणको व्यवस्था समेत गरिएको हुनाले महाआरतीमा श्रदालु तथा भक्तजनहरुको उपस्थितीको लागी आयोजकले आग्रह गरेको हो ा उक्त धार्मिक कार्यक्रम बैशाख १ गते, मंगलबारका दिन वीरगञ्ज महानगरपालिका–नगवा पोखरीस्थित श्री बैधि माई मन्दिर परिसरमा आयोजना गरिनेछ।