सशस्त्र प्रहरीले बीरगंजबाट अबैध गाँजा सहित दुई भारतिय नागरिक लगायत दुई नेपालीलाई पक्राउ गरेको छ ा नेपाल भारत मैत्री बस सेवा काठमाण्डौ देखी भारतको बोधगाया चल्ने बसबाट बिशेष सुचनाकको आधरामा सिमा सुरक्षा बीरगंजबाट सप्रनानि अनिल कुमार ठाकुरको कमाण्डमा खटिएको ९ जना प्रहरीले टोलीले बीरगंज भन्सारमा नियमित चेकजाँच गर्ने क्रममा नेपालमा प्रतिबन्धित रहेको २ किलो ५० ग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बरका गणपति मोहन क्षेत्रीले भन्नु भयो, काठमाण्डौबाट भारतको बोधगाया तर्फ जाँदै गरेको बिआर ०६ पिई २७५१ नम्बरको बसलाई भन्सारको मुलगेट अगाडी नियन्त्रणमा लिई चोकजाँच गर्दा हरियो रातो पहेलो रडेको प्लाष्टिकको जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थाम अबैध गाँजा सहित चारजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरिक्षक मोहन क्षेत्रीले जानकारी दिनुभयो ा पक्राउ पर्नेहरुमा बसचालक भारत बिहार सितामढी थाना हरारी दुलारपुर गाउँ बस्ने ३४ वर्षीय रबि चौधरी, सहचालक सर्लाही हरिपुर नगरपालिका वडा नम्बर १ बस्ने ३२ वर्षीय श्याम बिश्वकर्मा, मोतिहारी मधुवन जिल्ला थाना रहुवामान गाउँ बस्ने ४२ वर्षीय मुन्ना प्रसाद र मोहोतरी बर्दिवास नगरपालिका वडा नम्बर ५ बस्ने १५ वर्षीय बालक अशोक बिश्वकर्मा रहेका छन् ा थप कारवाहीको लागी वडा प्रहरी कार्यालय बिर्तामा पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बरका गणपति मोहन क्षेत्रीले बताउनु भयो ा