चोरी तथा लुटपाट गर्ने ४ जनालाई अपराध महाशाखा काठमाण्डौ टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छा काठमाण्डौ नगरपालिका वडा नम्बर २ काभ्रेस्थली नजिकै चिया पसल गरी बसीरहेको आइत घलेको घरमा ४ जना समुहमा आएका अज्ञात ब्यतिmले ढोका फोडी घरमा प्रवेश गरेर आईत घलेको श्रीमती लुमजुड घलले कानमा लगाएको सुनको रिड् लुटपाट गरी कुटपिट गरी फरार भएका थिए ा प्रहरीले बिशेष सुचनाको आधारमा काठमाण्डौको बिभिन्न स्थानहरुमा लुकेर बस्दै आईरहेको चारजना लुटेराहरुलाई पक्राउ गरेको हो ा पक्राउ पर्नेहरुमा नुवाकोट तार्कश्वर गाउँपालिका वडा नम्बर ५ बस्ने ३४ वर्षीय शंकर बहादुर तामाड , सोही स्थान बस्ने वडा नम्बर ८ बस्ने ५० वषीय राजु तामांड , गुणराज अनाल र प्रेम तामांड रहेका छन् ा उनीहरुलाई थप कारवाहीको लागी प्रहरी कार्यालय बृत बलाजुमा पठाइएको प्रहरी उपरिक्षक रामेश्वर कार्कीले बताउनु भयो ा यसैगरी अमेरिकन डलर देखाई ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ४ स्थित रहेको चाँगुनारायण मन्दिरमा अमेरिकन डलर देखाई सस्तो दरमा सट्टा गरिदिने प्रलोभन दिएर नेपाली दशलाख रुपैया ठगी गरेको आरोपमा अपराध महाशाखाबाट खटिएको प्रहरीले सुचनाको आधारमा भक्तपुरबाट सिन्धुपाल्चोक बाहबिसे नगरपालिका वडा नम्बर ६ बस्ने ६० वर्षीय पालसड तामांड सोही स्थान बस्ने ४७ वर्षीय पदम लाल श्रेष्ठ रहेका छन् ा उनीहरुको साथबाट प्रहरीले मोबाईल ४ थान र सिमकार्ड थान बरामद भएको प्रहर िउपरिक्षक रामेश्वर कार्कीले बताउनु भयो ा उनीहरुलाई थप कारावाहीको लागी जिल्ला प्रहरी कार्यालय ललितपुरमा पठाईएको छ ा