पर्सा प्रहरीले बीरगंजको चारवटा मदरसाहरुमा चेकजाँच तथा अनुगमगन गरेको छ ा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदीको कमाण्डमा खटिएका प्रहरी टोलीले बीरगंज महानगरपालिका छपकैया स्थित रहेका चारवटा मदरसाहरुमा स्थलगत निरीक्षण गरिएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो ा अनुगमनको क्रममा मदरसाहरुको प्रशासनिक अवस्था दर्ता प्रक्रिया तथा सञ्चालन सम्बन्धी जाँच गरिएको प्रहरी निरीक्षक सुवेदीले भने, अनुगमनको क्रममा बिना दर्ताको एउटा मदरसा सञ्चालनमा पाएको भेटिएपिछि कानुन अनुसार दर्ता प्रक्रिया पुरा गरी सञ्चालन गर्न निर्देशन दिइएको बताउनु भयो ा बारामा आयोजना हुन लागेको मुस्लिम समुदायहरुको धार्मिक भेला इज्तिमामा बिदेशी नागरिकहरु सहभागिताले राष्ट्रिय सुरक्षामा चुनौती थप्ने भन्दै बिश्व हिन्दु परिषद्ले बारा र पर्साको प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउंदै तेसा्रे मुलुकबाट आएकाहरुलाई अवैध प्रवेश तथा सहभागितामा रोक्न स्थानिय प्रशासनको ध्यानाकर्षण गराएपछि बारा र पर्साका प्रहरीहरु हाई अल्र्ट भएर बीरगंजको मदरसाहरुमा अनुगमन तथा चेकचाँच गरिएको हो ा तेसा्रे मुलुकबाट आएका मुस्लिम समुदायहरुका ब्यतिmहरुले आफनो देश नगएर नेपालमा लुकेर बस्ने गरेको हुनाले यस्ता ब्यतिmहरु माथी प्रशासनले कडा निगरानी राख्नु पर्ने हो ा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदीले बताए अनुसार पछिल्लो समयमा भएक केही गतिविधीलाई मध्यनगर गर्दै अनुगमनलाई तिब्रता दिएको बताउनु भयो ा मदरसा तथा आफनो टोल वरिपरि शंकास्पद गतिविधी देखिए तत्काल प्रहरीलाई जानकारी गराउनका लागी सम्बन्धित पक्षहरुलाई अनुरोध प्रहरीले गरेको छ ा अगामी बैशाख ११ गते देखी १४ गते सम्म बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ स्थित रहेको हरपुरमा ईज्तिमामा आयोजना हुन लागेको छ ा यसैगरी नेपाल प्रहरी ,सशस्त्र प्रहरी तथा अध्यागमन कार्यालयका कर्मचारीको संयुतm टोलीले शंकराचार्य प्रवेशद्धारमा भारतको सिमाबाट स्थलमार्ग हुदै नेपाल प्रवेश गरेका बिदेशी नागरिकहरु माथी निगरानी कडा गरिएको छ ा बिदेशी नागरिकहरुलाई अबैध तरिकाले घुसपैठ रोक्न उदेश्यले सिमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचमा कडाई गरेका छन् ा सिमानाकामा खटिएका प्रहरीले भारतको रक्सौलबाट स्थलमार्ग भएर नेपाल प्रवेश गरेका बिदेशी यात्रुहरुको पोसपोर्ट , भिसा , जाँच गर्ने सम्पर्क नम्बर सहित बिस्तृत बिवरण संकलन गर्ने कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ा तेसा्रे मुलुकबाट आएका ब्यतिmहरु बिगतको दिनहरुमा सहज तरिकाले नेपाल प्रवेश गरी लुकेर बस्द्रै आईरहेको प्रमाण भेटिएपछि सिमानाकामा निगरानी बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्नु भयो , जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती क्षेत्रका बासिन्दालाई सचेत रहन अपिल गर्दै कुनै विदेशी नागरिक शंकास्पद रूपमा गाउँ–टोल वा होटलरलजमा बसोबास गरेको पाइएमा तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ। साथै, सीमा क्षेत्रमा हुने अवैध आवागमन वा गतिविधिबारे जानकारी पाएमा ढुक्कसँग प्रशासनलाई सूचित गर्न समेत अनुरोध गरेको छ ा