बर्तमान सरकारले सरकारी बिज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सिमीत गर्ने निर्णयको बिरुद्ध जनाउंदै नेपाल पत्रकार महासंघ पर्सा शाखाले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ा पर्साको प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ा ज्ञापनपत्रमा देशभर सञ्चालनमा रहेका चार सयभन्दा बढी रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमहरू मुख्य रूपमा विज्ञापन आम्दानीमा निर्भर छन्। यस्तो अवस्थामा सरकारी विज्ञापनलाई सीमित गर्दा ती संस्थाहरू बन्द हुने जोखिम बढ्ने र हजारौं पत्रकार तथा सञ्चारकर्मी प्रत्यक्ष रूपमा प्रभावित हुने जनाइएको छ भने महासंघले चार बुँदे माग अघि सार्दै चैत १८ गते जारी परिपत्र तत्काल खारेज गर्न, सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउन, संकटग्रस्त सञ्चार क्षेत्रको संरक्षणका लागि दीर्घकालीन नीतिगत व्यवस्था गर्न तथा सञ्चारसम्बन्धी निर्णय गर्दा सरोकारवालासँग अनिवार्य परामर्श गर्ने प्रणाली विकास गर्न आग्रह गरिएको छ। ज्ञापन पत्र बुझाउनेहरुमा नेपाल पत्रकार महासंघ पर्साका सभापति ओम प्रकाश खनाल, मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा , केसी लामीछाने लगायत बिभिन्न सञ्चारमाध्यममा आवद्ध रहेका पत्रकारहरु सहभागिता रहेको थियो ा