त्रिभुवन राजपथ अन्तर्गत पर्ने बीरगंजको मेनरोड बिस्तारको लागी दाया २५ मिटर , बायाँ २५ मिटर सडक बिस्तारको लागी घरहरु भत्किएपछि अन्य स्थानका घरधनीहरुले मौकाको फाईदा उठाउंदै भाडमा बसीरहेका ब्यवसायहरु माथी अत्यधिक भाडा बढाउने दबाब दिएको तथा सम्झौता अविध अगावै हटाउन खोज्ने तथा अनधिकृत रुपमा धरौटी माग गर्नै जस्ता गतिविधी बढेको जनगुनासो आएपछि महानगरपालिले गम्भिर ध्यानाकर्षण जनाएको छ ा जनगुनासो आएपछि महानगरपालिकाले एक सुचना जारी गर्दै घर, कोठा, सटर तथा गोदामजस्ता संरचना बहालमा दिँदा घरधनी र भाडावालाबीच दबाबरहित रूपमा यथार्थ भाडा दर तय गर्न आग्रह गरिएको छ। साथै, गरिएको सम्झौता सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराई उक्त सम्झौता पत्रको एक प्रति अनिवार्य रूपमा वीरगञ्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत राजस्व व्यवस्थापन महाशाखामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
महानगरपालिकाले आपसी समझदारीविना अभावको मौका छोपी भाडावालामाथि दबाब दिई लेनदेन गर्ने, वास्तविकता विपरीत फर्जी सम्झौता पेश गर्ने वा अन्य अनियमितता गरेको पाइएमा सुरुआतदेखि नै जरिवाना लगाइने र प्रचलित कानुनबमोजिम थप कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।