बीरगंजको सडक २५ मिटर दायां , २५ मिटर बायां बिस्तार गर्ने क्रममा पुर्ण रुपमा भुमिहिन बनेका घरजग्गा धनीहरुलाई राहत उपलब्ध गराउने उदेश्यले पहल थालेको छ ा बीरगंज महानगरपालिकाले सुचना जारी गर्दै पुर्ण रुपमा भुमिहिन भएका घर जग्गाधनीहरुले आवश्यक बिवरण बुझाउन आवहान महानगरपालिकाले गरेको छ ा महानगरले प्रभावित सबैलाई ३० दिन भित्र आवश्यक प्रमाण सहित आफनो बिवरण पेश गर्न भुमिहिन भएका घरजग्गा धनीलाई महानगरपालिकाले जारी गरेको सुचनामा अनुरोध गरेको छ ा महानगरपालिकामा प्राप्त विवरणको यथार्थ छानबिन गरी पूर्ण रूपमा प्रभावित नागरिकहरूलाई राहत उपलब्ध गराउन संघीय सरकारसमक्ष सिफारिस गरिने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो। सडक क्षेत्रमा संरचना निर्माण गरी बसोबास गर्दै आएका नागरिकहरू सडक विस्तारका कारण विस्थापित हुन पुगेकाले देशका अन्य स्थानमा समेत कुनै जग्गा नभई पूर्ण रूपमा भूमीहिन भएका व्यक्तिहरूलाई राहत उपलब्ध गराउन आवश्यक लगत संकलन गर्ने लक्ष्य महानगरले लिएकोनगर प्रमुख राजेश मान सिंहले भन्नु भयो , जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बिहीबार बसेको जिल्ला विपद् व्यवस्था
पन समितिको निर्णयअनुसार प्रभावितहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले लगत संकलन प्रक्रिया सुरु गर्न लागिएको हो। महानगरपालिकाको भूमि व्यवस्थापन तथा शहरी विकास महाशाखाका प्रमुख गौरव कुमार झासँग सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ।