भन्सार छली गरी ल्याएको २२ थान ईलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहन राज निरौलाले बताउनु भयो ा भारतको रक्सौलबाट खरीद गरी भन्सार छलेर नेपाल तर्फ इलेक्ट्रिक स्कुटर भित्रिरहेको सुचना पाएपछि बीरगंज भन्सारमा खटिएका सशस्त्र प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा बीरगंज महानगरपालिका वडा नम्बर १६ भन्सारको मुख्य गेटबाट १४ थान , सिर्सिया नाकाबाट ७ थान तथा बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ स्थित रहेको प्रसौनीभाठाबाट १ थान गरी २२ थान स्कुटर बरामद गरिएको प्रहरी नायब उपरिक्षक निरौलाले भने, बरामद गरिएका इलेक्ट्रिक स्कुटरमा नम्बर प्लेट तथा कुनै कागजपत्र नरहेको हुनाले थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको बताउनु भयो ा सशस्त्र प्रहरीले बरामद गरेका स्कुटरको मुल्य १७ लाख ३० हजार रुपैया बराबरको मुल्याड्कन गरी भन्सार पठाएको हो ा भारतको रक्सौलमा इलेक्ट्रिक स्कुटर सस्तो दरमा किनेर बारा , पर्सामा महंगो दरमा बिक्री बितरण गर्दै आईरहेका छन् ा यसैगरी जिल्ला टा्रफिक प्रहरी कार्यालय पर्साले छड्के चेकिंग गर्दा नम्बर प्लेट नभएका १३ वटा ईभी ईलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको ट्राफिक प्रहरी निरीक्षक युवराज कटवालले बताउनु भयो ा अबैध तरिकाले भन्सार छलेर बीरगंजमा इलेक्ट्रिक स्कुटर भित्राइएको सुचना पाएपछि बीगंजको बिभिन्न स्थानहरुमा चेकजाँच गर्दा १३ वटा नम्बर प्लेट नभएको र कागजपत्र नभएको स्कुटर बरामद गरी कारवाहीको लागी भन्सार पठाएको जिल्ला टा्रफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कटवालले बताउनु भयो ा