सडक बिभाग मुदार्वाद , डोजर आंतक बन्द गर, सुकुम्वासी बनाउन पाईदैन् जस्ता नारा लगाउंदै बीरगंज बचाउ सघर्ष समितीले बीरगंजमा सरकार बिरुद्ध नाराबाजी लगाउंदै प्रर्दशन गरेका छन् ा त्रिभुवन राजपथ अन्तर्गत पर्ने बीरगंजको मेनरोड सडक बिस्तार क्रममा दायां २५ , बायांं २५ मिटर सिमाक्षेत्र पर्ने घर तथा ब्यसायीहरु सरकार बिरुद्ध नाराबाजी लगाउंदै आंदोलनमा उत्रिएका छन् ा बीरगंजको माईस्थान, मकालु होटल, आर्दशनगर , घडिअर्वा लगायत स्थानहरुको परिक्रमा गरी जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापन पत्र बुझाएका हुन् ा सडक बिस्तारको नाउँमा सडक बिभागले बिहान ४ बजेदेखि नै घरधनी र व्यवसायीहरू सुतिरहेकै अवस्थामा डोजर प्रयोग गरी आवासीय तथा व्यावसायिक भवनहरू भत्काएको आंतक मच्चाएको आरोप लगाएका छन् ा ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार करिब ८० प्रतिशत घरधनीहरु घरबिहीन बनेको छन् भने ३ हजार भन्दा बढी ब्यवसायी र करिब ९ हजार कामदार रोजगारविहीन भएको उल्लेख गरिएको छ ा राज्यले आफैँले दिएको लालपुर्जाको जग्गामा बनेका घरहरू भत्काएर करिब १ हजार ५ सयभन्दा बढी परिवारलाई विस्थापित गरिएको दाबी गरिएको छ ।