महानगरपालिकामा कार्यरत सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बीरगंज महानगरपालिकाले शुक्रवार शोक विदा दिएको छ ा२०६४ साल पुस ९ गतेदेखि महानगरपालिकामा स्थायी रूपमा कार्यरत रह्नु भएकी मेस्तर्नीको यही बैशाख ४ गते निधन भएको थियो ा
महानगरपालिकाले दिवंगत मेस्तर्नीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक सम्वेदना व्यक्त गर्दै सम्झनामा शुक्रबार बिहान १०स्३० बजे महानगरपालिकाको प्रांगणमा शोक सभा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा महानगर प्रमुखको उपस्थितिमा प्रशासन प्रमुख शुनिल कुमार कर्ण तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।